आइतबार, जेठ १८, २०७७ || 559  पटक पढिएको

प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा एक जना बिरामीको मृत्युपछि डाक्टरलाई हातपात गरेको भन्दै आइतबार डाक्टर तथा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । अस्पताल परिसरभित्रै प्ले कार्ड प्रदर्शन गर्दै डाक्टरहरु तथा स्वास्थ्यकर्मीहरुको एक समूहले प्रादेशिक अस्पतालमा प्रोटेस्ट गरेका हुन् । जेठ १४ गते नेपाल मेडिकल कलेजमा ६४ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारजनले डाक्टरमाथि आरोप लगाउँदँ उपचारमा संलग्न डाक्टरलाई गालीगलौज गर्दै हातपात गरेको थियो ।

डाक्टरहरुले हातपात गर्नेलाई कारबाही गर्नुपर्ने, सुरक्षाको प्रत्याभूति हुनपर्ने माग गर्दै सो घटनाको विरोधमा प्रदर्शन गरेका हुन् । डा. सञ्जय यादव, डा. अमित गिरी र डा. सज्जन ठाकुरलगायत चिकित्सकहरु विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रेका डाक्टरहरुले अहिले कोरोना संक्रमणको बेलामा उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीको अनिवार्य स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य चेकजाँचको प्रबन्ध मिलाउन समेत माग रहेको डा. सञ्जय यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!