आइतबार, जेठ १८, २०७७ || 1290  पटक पढिएको

सिरहामा धारिलो हतियार प्रहार गरी फरार एक जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको छ ।
पक्राउ पर्ने मिर्चैया नगरपालिका वडा नं.१ बस्ने रुपेश यादवलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहा समेतको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सिरहा जिल्लाको मिर्चैया नगरपाालिका वडा नं.११ सितापुर स्थित ससुराली घरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु प्रसाद जैसवारले बताए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले दिएको जानकारी अनुसार सिरहा जिल्लाको साविक कर्जन्हा गा.वि.स.वडा नं.८ हाल कर्जन्हा नगरपालिका वडा नं.१० प्रयागपुर बस्ने शसि भुषण प्रसाद साहलाई निजकै घरमा कुटपिट गरी धारिलो हतियार खुकुरीले रेटी हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) जैसवारले बताए ।
पक्राउ परेका यादवलाई सिरहा प्रहरीले जिल्ला आदालतमा उपस्थित गराइ र आदालतको आदेश लगतै पूर्वप्रक्षका लागि कारागार चालान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकृत(डिएसपी) विनोद घिमरेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!