रौतहटको विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेहरुको संख्या ६ हजार नाघेको छ । भारतको विभिन्न सहरहरुबाट आउनेको संख्या बढेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि वृद्धि भएको हो । शनिवार अपरान्हसम्म क्वारेन्टाइनमा बस्नेको संख्यामा ९३ महिला सहित ६ हजार आठसय ४१ पुुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

रौतहटको विभिन्न क्वारेनटाइनमा बस्ने संकास्पद संक्रमितमध्ये कुल दुईहजार ९४ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा १८९ जना पोजिटिभ र आठसय ८० जनाको नेगेटिभ रिपोर्ट आएको उनले बताए । अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका नायव सुबा रामनरेश साहले बताए । कोरोना भाइरसको उच्च संक्रमण देखिएकाले भारतबाट आउनेहरुलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्न जिल्लाको विभिन्न स्थानमा ६ हजार पाँचसय ८३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!