शनिबार, जेठ १७, २०७७ || 1435  पटक पढिएको

सुनसरी बारहक्षेत्र-३ बाङगे बस्ने ३७ बर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन ।

हिजो बिहान ०६ बजे सुनसरी बराहक्षेत्र-३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा कमल राई मृत अवस्थामा फेला परेका थिए ।

शरिर तथा टाँउकोमा चोट सहित संकास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । हत्या भएको पुष्ठी भए संगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामी रहेका छन ।

पक्राउ परेका यी दुबै जनाले पुर्व रिसिबीको कारण योजनाबद्ध रुपमा कमललाइ प्लटिङ जग्गामा लगी लाठ्ठीले टाँउको तथा शरिरका संवेदनशिल अंगमा कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!