नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको मृत्यु कोरोनाभाइरसबाट भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो भने शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरु केही क्वारेन्टाइनमा रहेको कतिपयसँग सम्पर्कको प्रयास भइरहेको पनि देवकोटाले बताए । यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!