जाजरकोटका नवराज विश्वकर्मा सामूहिक हत्या प्रकरणका दोषीहरुलाई तत्काल कडाभन्दा कडा सजायको माग गर्दै नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाले जिल्ला प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सहित ४ जनाको हत्यामा संलग्न स्थानीय जनप्रतिनीधि सहितलाई तत्काल कार्वाहीको माग गर्दै नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाका अध्यक्ष उमेश वराल लगाएत पदाधिकारीले प्रमुख जिल्ला अधिकारी सिरहाका सरोजप्रसाद गुरागाँईलाई ज्ञापनपत्र बुझाएको हो ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोति निवासी मल्ल थरका युवतिसँगको अन्तरजातीय प्रेमसम्बन्धका कारण नवराज सहित उनका साथीहरुको बरबरतापूर्ण ढङ्ले यातनापछि हत्यो घटनाले हामीलाई तरङ्गित र आक्रोशित बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनत्रमा भनिएको छ
ज्ञापनत्रमा भनिएको छ, ‘अन्तरजातिय प्रेमका कारण कुनै युवकले आजको २१ औं सत्ताब्दीमा पनि ज्यान गुमाउनु पर्ने घटनाले सिङ्गो नेपाली समाजलाई लज्जीत बनाएको छ भने सिङ्गो दलित समूदायलाई एकपटक फेरी आक्रोशित र तरङ्गीत बनाएको छ ।’
दलितमाथि भएको यस्तो जघन्य अपराधको घटनामा स्थानीय जनप्रतिनिधीको संलग्नताले झन दलितहरुलाई आक्रोशिषत बनाएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कानुनका संरक्षकहरु यसरी भक्षकका रुपमा उत्रुनु कानूनी राज्यको नाङ्गो उपहास हो ।
दलित माथि हुने जातिय विभेदका घटना घटनुको सट्टा बढिरहेको अवस्थाले राज्य उदासीन रहेको घाम झौं छर्लंङ्ग भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘यसै अवस्था रहे दलितहरु सधैं टुलुटलु हेरेर बस्ने अवस्था रहँदैन’ विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा, ‘यस्तो बर्बर सामुिहक नरसंहारमा राज्य कडा रुपमा प्रस्तु नभए हामी दलित समूदाय प्रतिरोधमा उत्रनुको विकल्प रहँदैन,’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!