हिपमत डटकम
काठमाडौं,पौष १३: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनवर्गीय संगठनका कार्यकर्तालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले विद्यार्थीहरुको समूहमा धरपकड गरी नियन्त्रणमा लिएको हो ।

सरकारले प्रतिवन्ध लगाएको नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनी मार्गमा भेला भएर विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले अमेरिकी सरकारसँगको एमसीसी सहयोग कार्यक्रम, कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारेको तथा अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै प्रदर्शनको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!