बिहिबार, जेठ १५, २०७७ || 780  पटक पढिएको
बरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन भएको छ । थापाको उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो । नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा निधन भएको हो । २०१८ सालदेखि गीत लेख्न सुरु गरेका थापाले धेरै जसो चलचित्रका लागि पनि थुप्रै गीत लेखेका छन् । थापाको आज अपरान्ह १२ बजे निधन भएको साहित्यकार राजेन्द्र थापाले जानकारी दिएका छन् ।

थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेखेका छन् । उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!