बिहिबार, जेठ १५, २०७७ || 1017  पटक पढिएको

जे कार्य पनि हतारमा गर्दा कार्य सफल नहुन सक्छ । त्यसैले कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाई थाहाँ हुनु जरुरी छ । बेलैमा कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ । धार्मिक मान्यता अनुसार बिहिबार गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार यस्ता कार्य गरेमा खर्च कम हुने गर्छ । बिहिबारलाई गुरुबार भनिने हुनाले गुरुको कृपा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन। हरेक बिहिबार स्नान गरी घ्यु दीप बालेर भगवान बिष्णुको पुजा गर्नु धेरै नै राम्रो हुन्छ । यस दिन साँझ केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ। यस दिन दिएको पैसा फिर्ता नआउने सम्भवना पनि रहन्छ।

शास्त्र अनुसार बिहिबार के कार्य गर्दा शुभ के कार्य गर्दा अशुभ

हामी थोरै मात्र मानिस कुनै कार्य गर्दा बार हेरेर कुन बार के कार्य गर्दा ठिक हुन्छ वा कुन बार के गर्दा ठिक हुँदैन भनेर गर्ने गछौँ ।

तर हामी धेरै मानिस कुनै कार्य गर्दा धर्मशास्त्र अनुसार गर्दैनौं जे सुकै काम होस् जुनसुकैबार गरी रहेका हुन्छ । धर्मशस्त्रले भन्छ कुनै कुनै कार्य गर्दा जुनसुकै बार गर्नु हुँदैन यसरी गर्न नहुने बारमा ती कार्यहरु गरेमा अशुभ हुन्छ, जिवनभर सम स्या आईरहन्छ, जिवनमा दुःख पि डा भईरहने मान्यता छ ।

यी कार्यहरु बिहिबार गर्दा शुभफल प्राप्त

धर्मकर्म गर्नु

ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने शास्त्रमा भनिएकाे छ ।

लक्ष्मीको पूजा

बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पतिपत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

बिहिबार यी कार्य गरेमा अशुभ

रौं का-ट्नु

बिहिबारको दिन कपाल वा दारी का’ट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहिबार रौं का’ट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

कपाल नुहाउनु

शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

दारी वा नङ काट्ने गर्नु हुदैन

बिहिबार नङ का’ट्नु र दारी का’ट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

भारी कपडा धुने र फोहोर हटाउने

बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी का-ट्ने, रौ का’ट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम हुन्छ । बिहिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!