बिहिबार, जेठ १५, २०७७ || 836  पटक पढिएको

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात–अज्ञात अमर शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले शुभकामना सन्देशमा गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उहाँले गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभारसमेत व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा ‘सामन्ती, निरङकुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १३ वर्ष भएको छ । नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भइ मुलुक नयाँ मोडमा अगाडि बढिरहेको छ”, भन्नुभएको छ । विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभइ जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ । गणतन्त्र दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!