खबर ठुलो छ

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको घटनामा संलग्न रहेको आशंकामा १८ जना पक्राउ परेका छन्।त्यहाँका वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ।वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए भने थप ६ जनालाई बुधबार पक्राउ गरिएको हो।फरार दुई जनाको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाका वडा नं. २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन भनी त्यहाँ गएको समयमा शनिबार बेलुका सोतीका स्थानीयले लखेट्दै कुटपिट गरेर हत्या गरेको अभियोग लागेको छ।

शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये ४ जनाको शव फेला परिसकेको छ।अझैं दुई जना वेपत्ता छन्।जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो।शनिबार राति भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमवार शव फेला परेको थियो।

वेपत्ता रहेका भेरी नगरपालिकाका वडा नं. ४ का १७ बर्षीय गोविन्द शाही र ४ नम्वर वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ।जिल्ला प्रहरी कार्यालय जाजकरकोटका प्रमुख किशोरकुमार श्रेष्ठले मृतकमध्ये दुईजनाको शव पोष्टमार्टम पछि बिहीबार विहान आफन्तले बुझेको जानकारी दिए।

बुधबार शव फेला परेका युवाको भने पोष्टमार्टम हुन बाँकी रहेको उनले बताए।

त्यस्तै रुकुम पश्चिमको चौरजहारी १ का टिकाराम सुनारको शव भने आफन्तले यसअघि नै बुझेर अन्त्यष्टि गरिसकेका छन्।

बिहिबार, जेठ १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया