खबर ठुलो छ

बुधाबार झापामा १७ जना कोरोना संक्रमित थपिएका छन्।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालकी डा. संगिता मिश्रले जानकारी दिइन्।

संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन्। उनीहरू भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए।बाँकी दुई जना भने गौरादह नगरपालिकाका छन्। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ४२ पुगेको छ।

बुधबार बिहानै रौतहटमा ३५, बाग्लुङमा ६ र हेटौंडामा एकजना संक्रमित थपिएका हुन्।

जसमा रौतहट र बाग्लुङका संक्रमित भारतबाट आएको खुलेको छ। हेटौंडाकी संक्रमित २५ वर्षीया युवती भने चितवनबाट गत जेठ ९ गते घर पुगेकी थिइन्।

बुधबार, जेठ १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया