गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्र«ेसिङ गरी आरडिटी परीक्षण गरिएको थियो । आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएकामा पिसिआर परीक्षण गरेपछि सबैको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका आठजनाको सम्पर्कमा आएका १६ जनाको पनि पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको उहाँले बताउनुभयो । परीक्षणको परिणाम आउनुअघि पोजेटिभ आएकालाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो । पिसिआरको परिणाम नेगेटिभ आएपछि सबैलाई घर पठाइएको नगरपालिकाले जनाएको छ । यसअघि नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको थियो । नगरपालिकामा हाल दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ । यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं अग्रभागमा रहेर सेवा दिने ९७ जनाको पिसिआर परीक्षणका लागि आज स्वाब सङ्कलन गरिएको छ । जनप्रतिनिधि, कर्मचारी र नेपाली सेना गरी ९७ को स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिनुभयो । नगरपालिकामा यसअघि गरिएका आरडिटी र पिसिआर परीक्षणको प्रतिवेदन नेगेटिभ आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!