खबर ठुलो छ

मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका-११ का ३१ बर्षीय गोबिन्द बजगाई घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो । यसैगरी सोमवार राती १० बजे मोरङकै केरावारी गाउँपालिका-९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाईकल बाटोमा ढली राखेको रुखको हांगामा ठोक्किएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय बिकास गुरुङलाई उपचारको लागी बिराटनर्सिङ होम बिराटनगर पठाईएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो ।

मंगलबार, जेठ १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया