मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गर्नुभएको छ । सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पिपिइ ३० थान, गमबुट २० थान र जनचेतनामूलक हातेपर्चा ५०० थान हस्तानान्तरण गर्नुभयो । यसका साथै मुख्यमन्त्री राउतले सङ्क्रमितको खाना र खाजाका लागि रु २५ लाखको चेकसमेत हस्तान्तरण गर्नुभयो । यसअघि प्रदेश सरकारले नारायणी अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउनुका साथै सोको सञ्चालनका लागि रु ५० लाखसमेत उपलब्ध गराएको थियो । उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको पहलमा कुनै कमी हुन नदिने प्रतिबद्धता प्रकट गर्नुभयो । उहाँले प्रदेश सरकारले जनकपुर, वीरगञ्ज र राजविराजबाट कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान गरिसकेको र थप पिसिआर मेसिनका लागि पहल शुरु गरिएको जानकारी गराउनुभयो । मुख्यमन्त्री राउतले यस प्रदेशमा भारतलगायत अन्य मुलुकबाट आउने नागरिकका लागि नेपाली सेनाले सञ्चालन गर्ने गरी वीरगञ्जमा ५०० श्ययाको होल्डिङ क्वारेन्टिन, बारा र सप्तरीमा ५००/५०० श्ययाको प्रादेशिक क्वारेन्टिन निर्माणको प्रक्रियासमेत शुरु भइसकेको जानकारी गराउनुभयो । ४३ सङ्क्रमित निको भएर घर फर्किए वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४३ कोरोना सङ्क्रमित निको भएर साँझ घर फर्केका छन् । यस सम्बन्धमा प्रदेशका स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक हरिशचन्द्र साहले सोमबार साँझ ४३ सङ्क्रमितको लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि सो अस्पतालले डिस्चार्ज गरेको बताउनुभयो । डिस्चार्ज हुनेमा दुई सञ्चारकर्मी, दुई महिला छन् । सोमध्ये एक सर्लाहीका र अन्य ४२ पर्साका रहेको उहाँले जानकारी गराउनुभयो । सोही अस्पतालबाट जेठ १० र ११ गते गरी दुई दिनमा २७ जना निको भएर घर फर्केका थिए । यो तीन दिनको अवधिमा ७० जना निको भएर घर फर्केपछि अब सो अस्पतालमा एक जना पनि सङ्क्रमित नरहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!