सोमबार, जेठ १२, २०७७ || 1581  पटक पढिएको

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस वर्ष विश्वभर फैलिएको कोभिड–१९ का कारण यी चाडपर्व खुला र भव्यरुपमा आयोजना गरी मनाउन सम्भव नभएकाले सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको हो । उहाँले विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आआफ्नै मौलिक संस्कृति र पहिचान रहेको बताउँदै उहाँले सन्देशमा भन्नुभएको छ, “धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईदउल फित्र जस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।” मुख्यमन्त्री राईले नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीले मनाउने इदउल फित्र चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको छ उल्लेख गर्दै हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो सन्देशमा भन्नुभएको छ । उहाँले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोउत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले ईदउल फित्र पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!