सोमबार, जेठ १२, २०७७ || 551  पटक पढिएको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आज कोरोना परीक्षणमा पाँच जनाको पोजेटिभ देखिएको छ । बर्दियाका एक र बाँकेका चार जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

आज फेला परेकाहरुमा बर्दिया, बाँसगढी गाउँपालिकाका २५ वर्षीय तथा बाँके दुधवा राप्तीसोनारी गाउँपालिकाका १६, २३, २३ र २४ वर्षीय छन् । यसैबीच दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा चार जिल्लाका १८ संक्रमितलाई भर्ना गरिएको छ । पछिल्लो समय आइतबार प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना देखिएका बर्दिया बढैयातालका १९ वर्षीय एक पुरुषलाई आइसोलेशनमा राखिएको छ ।

अस्पतालमा अन्यमा बाँके नरैनापुरका आठ, कपिलवस्तुका छ र दाङका तीन जनाको उपचार भइरहेको छ । संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालका प्रमुख डा.सर्वेश शर्माले जानकारी दिए । स्वाब परीक्षणमा कोरोना देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिएको अस्पतालको भनाइ छ । बेलझुण्डी कोरोना अस्पतालमा एक सय शय्या तयारी अवस्थामा राखिएको छ ।

भित्रिए तीन हजार

हालसम्म दाङमा मात्रै तीन हजार ३२६ नागरिक सम्बन्धित स्थानीय तहमा भित्रिएको तथ्याङ्क छ । बन्दाबन्दीमा भारत र अन्य मुलुकबाट घोराही उपमहानगरपालिका भित्रिने ६७५ पुगिसकेको उपमहानगरका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिए । उनले आज थप दुई सय नागरिक विभिन्न नाका हुँदै आउन लागेको बताए ।

जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा धेरै नागरिक राप्ती गाउँपालिकामा भित्रिएका छन् । आठ सय नागरिक भारत तथा अन्य मुलुकबाट आएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । हालसम्म तुलसीपुर उपमहानगरपालिका १३४ तथा गाउँपालिकामध्ये बंगलाचुली गाउँपालिकामा ५५०, बबईमा ४७७, दंगीशरणमा ३३ , शान्तिनगरमा ८५ , राजपुरमा २२ र गढवामा २५० जना आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!