हिपमत डटकम
ईटहरी,पौष १२ :रामकृष्ण ढकाललाई संगीतका पण्डितहरुले लगायत आम संगीतप्रेमीहरुले दोश्रो नारायण गोपालको रुपमा पनि चिन्ने गर्छन् । तर उनलाई पछिल्लो समयमा आएको संकटले कतै करियर छायामा त पर्ने हैन भन्ने प्रश्नहरु पनि उठ्न सक्छ । आर्थिक अवस्थाले त उनलाई चुर्लुम्मै पारेकै छ, यस्तो परिवेशमा श्रीमती संग डिभोर्स पेपरमा हस्ताक्षर गर्नुपर्दाको कहालीलाग्दो क्षणको पीडा सायदै अरुलाई महसुष नहोला ।

तर उनले यो पिडालाई सहजै लिने कोसिस मात्र गरिरहेका छैनन, आफुलाई पीडा पर्दा उनकी भुपु श्रीमतीमाथी खनिएकाप्रती जवाफ दिन पनि पछि परेका छैनन् । अदालतले प्रमाणित गरेको डिभोर्सको कुरालाई उनले “हामी संगै हासिखुशी परिवारमै छौ” भनेर फेसबुकमा लेखेका छन् । तर यो श्रीमती प्रती आफ्ना फ्यानहरुको आक्रोशमा कमि आओस भन्नको लागि मात्र यो सब गरिएको भन्ने बुझ्न सकिन्छ । किनको यी २ को डिभोर्सलाई अदालतले पनि प्रमाणित गरिसकेको छ ।

यता पीडा र समस्याका कुरा त छदै छन् । तर, त्यसलाई भुलाउने सुखमय कुराले पनि रामकृष्णलाई चटक्कै छोडेर जान भने सकेको छैन । उनले यो दुखको कुरा लगत्तै आफ्नो निक्कै सुख र खुशिको कुरा सार्बजनिक गरेका छन । उनले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै सुप्रशिद्द भारतिय गायिका आशा भोश्ले संग नेपाली गीत गाउने कुरा लेखेका छन । यतिबेला भोश्ले नेपालमै छिन ।

यहि २८ डिसेम्बर अर्थात आज हुने “म्युजिकल जर्नी अफ रन्जित गजमेर विथ आशा भोश्ले” नामक कार्यक्रममा आफ्नो लोकप्रिय प्रस्तुती राख्नको लागि नेपाल आईपुगेका भोश्ले संग उनले सोही कार्यक्रममा भोश्ले संग सदाबहार गीत ‘मोहनी लाग्ला है’ गाउने मौका पाएका हुन् । यस्तो मौकामा रामकृष्ण ढकाल निक्कै खुशी छन ।

स्वरसम्राट नारायण गोपाल जस्तो श्रष्टा र आशा भोश्ले जस्ता सुप्रशिद्द गायिकाले गाएको गीतलाई फेरि आशा भोश्ले संगै गाउन पाउँदा आफ्नो लागि जिवनमा गहिरो प्रभाव र एतिहासिकता झल्कने बताउछन् । मोहनी लाग्ला है त्यो युग देखि अहिलेको आधुनिक युगमा आउदा सम्म पनि उत्तिकै लोकप्रिय छ । हरेक कार्यक्रममा सो गीतले स्थान पाउने गर्दछ । गीतलाई सो बेला स्वरसम्राट नारायण गोपाल संग आशा भोश्लेले गाएकि थिइन् भने रन्जित गजमेरले गीतमा संगीत भरेका थिए । गीत रचना कुशुम गजमेरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!