खबर ठुलो छ

प्रहरीलाई हातपात गरेको अभियोगमा ३ जना शनिबार दिउँसो पक्राउ परेका छन् । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्य्विनायक नगरपालिका घ्याम्पेडाँडाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका जिबन खनाल, भक्तपुर गोलमडीका योगेन्द्र लाखाजु र सूर्य्विनायक नगरपालिका कटुन्जेका उपेन्द्र घिमिरे रहेका छन् ।

सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्य्विनायकबाट घ्याम्पेडाँडातर्फ जाँदै गरको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेका हुन् ।

त्यस्तै सूर्यविनायक नगरपालिका घलाते चोकमा प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बडिखेलका विकेस श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका विकेसले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

आइतबार, जेठ ११, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया