भारतीयले सडक निर्माण गरेको नेपालको लिपुलेक कालापानी क्षेत्रलाई फिर्ता ल्याउनका लागि सबै नेपालीलाई एकजुट गराउनका लागि सांगीतिक अभियान मार्फत् गायक गायिका तथा कलाकारहरु एक जुट भएर अघि बढेका छन् । गायक नेत्र भण्डारी, कृष्ण केसी, गायिका मिना लामा र सिता केसी को आवाजमा रहेको ‘हाम्रो भुमी फिर्ता गर’ गीत यूट्यूबबाट सार्वजनिक गर्दै भारतीयले हस्तक्षेप गरेका भूमिहरु नेपालले फिर्ता ल्याउन सबै नेपाली एकजुट हुन आग्रह गरिएको छ । सो गीतले सम्पूर्ण नेपालीहरु एकजुट भएर आफ्नो सीमा जोगाउन अघि बढौं भन्ने भावना बोकेको छ ।

विश्वमा कोरोना भाइरसले त्रसित बनाइरहेको बेला भारतले भने सीमानामा सडक निर्माण गरेको छ । विसम परिस्थिीतिका बाबजुत पनि हामी नेपालीले राष्ट्रिय स्वाभिमानको लागी सदैव नेपालको भूमिमा निर्माण गरेको सडकको विषयमा यतिखेर सरकारी तबरबाट पनि नक्सा सार्वजनिक गरिसकेको छ भने भूमि फिर्ता गर्ने अभियानमा सबै एकजुट आव्हान गरिएको छ । प्रेम कटवालको शब्द तथा कृष्ण केसीको संगीत संयोजन सो गीतमा रहेको छ । मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मार्फत समेटिएको छ ।

सो गीत मार्फत सम्पुुर्ण नेपालीले भारतिय विस्तारवादको विरुद्धमा आवाज उठाउनको लागी आव्हान गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन, क्रन्ति केसीको सम्पादन तथा शिवन पोखरेलको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा चन्द्र शर्मा, शंकर विसी, पशुपति शर्मा, रमेश राज भटटराई, केपि खनाल, शिवराज कार्की, विनित अर्याल, अस्मित रायमाझी, नवराज कोइराला, सुरेश हमाल, आंङकाजी शेर्पा, प्रेम कटवाल, प्रकाश घिमिरे, शिवन पोखरेल, सिताराम पोखरेल, शेरवहादुर डिसी, कृष्ण कडेँल, सिडि विजय अधिकारी, अनिता बस्नेत, भिम केसी, अनुमती नेपाली, लक्ष्मी आचार्य, समिला रायमाझी, आर्यन पुडासैनी, मधु आचार्य, नेत्र राउत, सुवास खड्का, रामकृष्ण श्रेष्ठ, नारायण सरु, प्रकाश बराइली, जुरी ठाकुर लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!