विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै यतिबेला शिथिल छ। आधाभन्दा बढी विश्व ठप्प भएकोबेला नेपाल पनि विगत दुई महिनाअघि बाट लकडाउनका कारण ठप्प छ । देशका हजारौं गरिब, विपन्न , घरवारविहीन तथा मजदुरवर्ग खाना खान नपाएर भोकभोकै बस्नुपर्ने अवस्थामा छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा भने सामाजिक कार्यमा सक्रिय युवाहरूको समूहलेले विभिन्न अभियान सञ्चालन गरेर समस्या परेकाहरुलाई सहयोग गरिरहेका छन् ।

सामाजिक कार्यमा सक्रिय विराटनगरका युवाहरू विभिन्न समुहमा बाँडिएर विपन्न, गरिब तथा सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाउने अभियान, कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई सहयोग गर्ने अभियानदेखि आश्रममा खाद्य सामाग्री तथा तरकारीहरु सहयोग गरिरहेका छन् । यसको नेतृत्व र समन्वय गरेका छन् युवा नेता तथा सामाजिक अभियन्ता ओसिम आलमले ।

युवाहरुको यो समुहले विगत ५४ दिनदेखि विराटनगरको विभिन्न सडक पेटिमा बस्ने गरिब, मजदुर , बेसहारा तथा घरबारविहीनहरुलाई निशुल्क खाना खुवाईरहेको छ। युवाहरुको यो समूहले खानालाई प्याक गरेर उनिहरु बस्ने सडक पेटिमै पुगेर वितरण गर्ने गरेको छ। उनिहरुले बिहान बेलुका गरेर दैनिक ४ सय भन्दा बढिलाई खाना खुवाउने गरेका छन्। खाना बनाउनका लागि पप्पु अन्सारीले संचालन गरेको रोयल बिर्यानी हाउस उपलब्ध गराएका छन् ।

खाना खुवाउने अभियानमा पेरिस सुवेदी, भुषण पोमु लिम्बू, पप्पु अन्सारी, भवेश पौडेल, सन्जु सापकोटा , शिबरतन शाह, प्रज्वल अधिकारी , बिकास महतो,अमर मण्डल ,विशाल शाह, कन्चन शाह,शिव यादव, दिपा दर्नाल,करन बोखिम, गणेश शाह, चिरञ्जीवी आचार्य, गोपाल देबकोटा, संजय श्रेष्ठ, रुपेस दाश र दिपेन मरिक लगायतका युवा सहभागी छन् । त्यस्तै कृस्चल आले मगर, मिङमा तामाङ , रोनिस लामा, मनोज घिमिरे , सनिस गोपाली, बिसान्त श्रेष्ठ , दिपेस कट्बाल, राजेस खड्का, बिबेक श्रेष्ठ लगायत युवाहरु पनि अभियानमा सक्रिय छन्।

यहि युवाहरुको समुहले विराटनगर १३ मा रहेको पुर्वाञ्चल बाल सेवा आश्रममा पनि खाद्यान्न तरकारी लगायतका सामाग्री सहयोग गर्दै आएका छन् । उनिहरुले आश्रमलाई चामल,नुन, तेल,बिस्कु, टमामाटर, कोपि, साबुन, मास्क, सेनिटाईजर र महिलाहरुका लागि सेनिटरी प्याड समेत वितरण गर्दै आएका छन। हालसम्म आश्रममा ३ पटक सहयोग गरेको ओसिम आलमले बताए ।

त्यस्तै यो युवाहरुको समूहले मुस्लिम समुदायको रमजानको अवसरमा अति विपन्न परिवार जसको घरमा साँझ व्रत खोल्नका लागि खाना (इफताब) छैन उनीहरुलाई परिकार बनाएर खुवाउने गरेका छन्। यसको नेतृत्व युवा व्यवसायी पप्पु अन्सारीले गरिरहेका छन् ।

विराटनगरका साझ टोल, धोवियारी चौक, वसर्पाक लागायतका स्थानमा बसोबास गर्ने मुस्लिम समुदायका २ सय ५० जना भन्दा बढी अति विपन्न परिवारकालागि दैनिक विभिन्न परिकार बनाएर साँझ व्रत खोल्ने समय घरघर पुर्याउने गरेको पप्पु अन्सारीले बताए । मुस्लिम समुदायमा परिकार वितरणको अभियान रमजान महिनाभरी रहने अन्सारीको भनाई छ ।

साथै यहि युवाहरुको समूहले विराटनगरमा कोठा भाडामा बस्ने विद्यार्थीहरुलाई खाद्य सामाग्री पनि सहयोग गरिरहेको छ । यसको नेतृत्व निर्मल भण्डारीले गरेका छन् । बाहिर घर भएका र लकडाउनले घरसम्म जान नपाएका विद्यार्थीहरुलाई यो समूहले सहयोग गर्दै आइरहेका छ। शिव रतन शाह, आशिक भट्टराई , रुपेश दास, अविरल काफ्ले, अमर मन्डल लगायत यो अभियानमा सक्रिय रुपमा लागेका छन्।

यो अभियानका लागि तरकारी नयाँ बजारका तरकारी व्यवसायी कोबिन शिंहले सहयोग गरेका छन् । अन्य खाद्य सामाग्री भने विभिन्न साथीभाईहरुको सहयोग गर्ने गरेको यो अभियानको नेतृत्व गरिरहेका युवा नेता ओसिम आलमले बताए। साथै उनले हालसम्म कुनै सरकारी तथा एनजिओ र आईएनजिओ बाट सहयोग नलिएको र नलिने पनि स्पष्ट पारे । उनका अनुसार सबै अभियान लकडाउन अवधिभर सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!