आइतबार, जेठ ११, २०७७ || 604  पटक पढिएको

युवा व्यवसायी मनिष गुरुङको अग्रसरतामा विराटनगरका १ सय ५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।
लकडाउनबाट प्रभावित विपन्न र मजदुर वर्गलाई लक्षित गरी युवा समाजसेवीसमेत रहनुभएका गुरुङको सक्रियतामा राहत वितरण गरिएको हो । आज विराटनगर–११ र जतुवालगायतका स्थानमा बसोबास गर्ने १ सय ५० विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको गुरुङले जानकारी दिए । राहतका लागि अगाडि नै लक्षित वर्गको पहिचान गरी कुपन वितरण गरिएको थियो । कुपनका आधारमा १० किलो चामल, दाल, नुन १–१ किलो, १ लिटर तेल, आलु प्याजलगायतका खाद्य सामग्री वितरण गरिएको थियो । हालसम्म ३ सयभन्दा बढी विपन्न परिवारलाई राहत उपलब्ध गराइसकेको उनको भनाइ थियो ।
उहाँले विदेश र विराटनगरका आफू नजिक रहेका साथीहरुबाट रकम संकलन गरेर राहत वितरण गर्दै आएको बताए । आगामी दिनमा पनि राहत वितरणलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे । दुई महिनादेखिको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएको वर्ग सबैभन्दा बढी प्रभावित भएको छ । लकडाउनबाट प्रभावित वर्गलाई सरकारले मात्रै होइन निजी क्षेत्रले समेत सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस विराटनगर वडा नम्बर ११ का सभापति रामसुन्दर राजवंशी, नेतृ मञ्जु श्रेष्ठलगायतले समेत राहत वितरण गर्न सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!