शुक्रबार, जेठ ०९, २०७७ || 651  पटक पढिएको

चितवनमा थप दुई थनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर महानगरपालिका–६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यसअघि चितवनमा ३ जना कोरोना संक्रमित रहेकामा उनीहरुमध्ये २ जना निको भएर घर फर्किसकेका थिए । सोसँगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
मन्त्रालयको शुक्रबारको अध्यावधिक विवरणअनुसार हालसम्म देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!