‘१५ किलो चामल र १ सय २० रुपैयाँको सहारामा कति दिन बाँच्न सकिन्छ र? पछिल्लो ५, ७ दिनदेखि चुल्हो बलेकै छैन, चिउरा भुजा खाएर छाक टार्दै थियो । चिउराभुजा पनि सकिएपछि कोदालो खनेर केही पैसा आउँछ भनेर सोमवार जिद्दी गरेरै पठाएको थिएँ’ कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरकी जलेश्वरी सदाले यसो भनिरहँदा आँखा रसाए ।

‘दिनभर कोदालो खनेर घर फर्किदै गर्दा उहाँ बाटोमै बेहोस भएपछि गाउँलेले नै उहाँलाई घरसम्म ल्याउनुभयो, राति पानी र थोरै चिउरा खुवाए र सँगै सुते, तर उहाँ त्यसपछि कहिले उठ्नु भएन !’ उहाँले थप्नुभयो, ‘पति ५० वर्षीय मलरा सदाको मृत्यु भएपछि जलेश्वरी विक्षिप्त भएकी छन् । ‘उहाँ (पति) खान नपाएरै बित्नु भो, गाउँलेले चन्दा उठाए दाहसंस्कारको व्यवस्था गरिदिए’ उनले सुनाइन् – खर्च छैन, किरिया कसरी गर्ने ? लकडाउनको बेला छ । हिड्न डुल्न पाइन्न, कहाँ गएर कसलाई के भन्ने ?’

घरमा पनि एक मुठी अन्न नरहेको भन्दै उहाँले आफू पनि भोकभोकै मर्ने दुखेसो गर्नुभयो । ‘यो बेलामा हामी जस्ता गरिबको दैनिक सहज पार्नेतर्फ सरकारले पनि ध्यान दिदैंनन्’ उहाँले भन्नुभयो, ‘नभई आज आफू लाई वेसहारा हुनुपर्दैन्थ्यो।’ उसो त सदा दम्पतिको राजेश, सोनी र साजन गरी तीन जना छोराहरु छन । सवैको विवाह भइसकेको छ भने तीनै जना छुटाछुटै बस्दै आएका छन । तर, उनीहरु पनि केही महिनाअघि नै मजदुरी गर्न भारतको गुजरात पुगेका थिए । कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति थालिएको वन्दाबन्दीका कारण छोराहरु पनि उत्तै फसेको जलेश्वरीको भनाई छ ।

भोकले समस्या खेपिरहेका सदा दम्पति उदाहरण मात्रै हुन् । उनीहरु जस्तै सो टोलका अन्य २२ सदा परिवार, ३५ सरदार परिवार र १५ राम श्रमिक परिवारहरुको दैनिकी अत्यन्त कष्ठकर बन्न पुगेको छ । ती श्रमिक परिवारले प्राय कञ्चनपुर बजार र बेरियर लगायत आसपासका बजारमा दैनिक रुपमा ज्यालादारी गरेर परिवार धान्दै आएपनि बन्दाबन्दीले लामो समयदेखि घर बाहिर निस्किन पाएका छैनन् ।

उता, गाउँपालिकाले पनि हालसम्म पहिलो चरणमा मात्रै राहत उपलब्ध गराउन सकेको छ । ‘नगरपालिकाको मनपरी छ, पहिलो चरणमा आफूहरुलाई १५ किलो चामल र १ सय २० रुपैयाँ बाहेक केही दिएकै छैन’ विश्वनाथ सदाले भन्नुभयो, ‘ल भन्नुसु १५ किलो चामल र १ सय २० रुपैयाँमा कति दिन चुल्हो बल्छ ।’ नगर प्रमुख वसन्तकुमार मिश्रले लामो समयदेखि दमको औषधि सेवन गरिरहेका मलराको रोगले ग्रसित भएका कारण मृत्यु भएको बताउनुभयो ।

‘उहाँको घरमा पुगेका चिकित्सक टोलीले नै उहाँको दमको औषधी सेवन गरिरहेको वुझिएको छ’ उहाँले भन्नुभयो, ‘त्यसमाथि उहाँ जहिले रक्सी सेवन गर्नुहुन्थ्यो ।’ यद्यपि वडा कार्यालयले आफ्नै हिसावले राहत वितरण गरेको नगर प्रमुख मिश्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!