बिहिबार, जेठ ०८, २०७७ || 718  पटक पढिएको

बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो । यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!