भारतीय मूलका प्राध्यापकले नेपालसँगको सीमा विवादलाई लिएर कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् । स्विडेनस्थित उप्साला विश्वविद्यालयका शान्ति तथा द्वन्द्व अनुसन्धानका प्राध्यापक अशोक स्वीनले नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गर्छ भनेर कसैले पनि विश्वास नगरेको बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘भारतले नेपालको नयाँ नक्सा स्वीकार गर्छ भनेर कसैले पनि विश्वासै गरेका थिएनन् । तर, यो नक्सा युद्ध कसले सुरु गरेको थियो ?’

उनले भारतले सन् २०१९ मा एकतर्फी रूपमा नक्सा बनाएर किन जारी गरेको भन्ने प्रश्नसमेत गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्धराष्ट्रवाद रहेको टिप्पणी गर्दै त्यसैका आधारमा नयाँ नक्सा बनाएको बताएका छन् ।

उनले भनेका छन्, ‘भारतले २०१९ मा एकतर्फी नक्सा किन बनायो ? यो सत्ताअन्ध मोदीले काश्मिरको नक्सा पुनः बनाउनका लागि गरेका थिए । तर, नेपाल काश्मिर होइन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!