काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा सिमाबर्ति क्षेत्र तर्फ अबैध रुपमा घरेलु मदिरा लैजाने क्रममा ७ हजार लिटर घरेलु मदिरा बरामद प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे महात्मा रहेकाे रंगेली चाेप्राह,कर्सिया, डाईनिया, लगायतका स्थान हरु बाट साईकल तथा माेटरसाईकल काे प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ७ हजार लिटर मदिरा नियन्त्रणमा लिएको छ । प्रहरी का अनुसार उक्त मदिराको बजार काे मुल्य अन्दाजी १ लाख रुपैयाँ बराबरको रहेको र बिराटनगर स्थित अान्त्रिक राजस्व कार्यलय बिराटनगर मा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेख नाथ दाहाल ले बताए ।