भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल प्रवेश अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उनीहरु नेपाल प्रवेश गरेका हुन् ।

बुधबार राति ८५८ जना नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।

अहिले प्रवेश गरेका उनीहरुमध्ये ३४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५११ जनालाई भने बुधवार राति नै सम्बन्धित जिल्लाको स्थानीय निकायको जिम्मामा पठाएको उनले बताए ।
२५ जिल्लाका नागरिक बुधवार नेपाल प्रवेश गरेका हुन् । बाँकी रहेका व्यति लाई आज पठाउने काम भइरहेको उनले बताए । भारतबाट नेपाली आउने क्रम जारी रहेको र भारतको पलियास्थित क्वारेन्टाइनमा अझै १३ सय जना रहेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भारतवाट आउने नेपाली नागरिकलाई बास र गाडीबाट सम्बन्धित स्थानीय तहमा पठाउन समस्या भइरहेको बताए ।

बुधवार प्रवेश गरेका नेपाली नागरिकलाई आरडिटी किट नभएका कारण उनीहरुको स्वास्थ्य परीक्षण गर्न नसकिएको उनले वताए । सामान्य गनको माध्यमबाट परीक्षण गरि नेपाल प्रवेश गराएको उनले बताए ।
यसैबीच सुदूरपश्चिम प्रदेशमा आरडिटी र पिसिआर विधिवाट हाल सम्म २३ हजार ३९१ जनामा कोभिड १९ को जाँच गरिएको छ ।

हालसम्म सो प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबै निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!