खबर ठुलो छ

बाराको पचरौता नगरपालिका वडा नम्बर १ का एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

भारतको दिल्लीबाट केहीदिन अघि आएर क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकमा बिहीबार कोरोना भाइरस फेला परेको हो ।

भारतको दिल्लीबाट नेपाल आउने क्रममा सिमावर्ती आदापुरमा भारतीय प्रहरीले रोकेर सोही ठाँउमा रहेको क्वारेन्टाइनमा राखेको थियो । सोही क्रममा भारतीय प्रहरीले सो युवकको स्याब संकलन गरेको थियो ।

युवकमा पीसीआर रिपार्ट पोजेटिभ देखिएको भारतीय सुरक्षाकर्मीले आजै जानकारी दिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी बताएका छन् ।

पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती गाँउ निवासी बर्ष ३० का ती युवकलाई पछिल्लो केहिदिन देखि पचरौता कोरेन्टीनमा राखिएको थियो ।

बिहीबार बिहान भारतीय प्रहरीले ती युवकलाई कोरोना पुष्टि भएको र छुट्टै राख्नु भनि जानकारी दिएपछि उनलाई कलैया अस्पतालमा आइसोलेसन वार्डमा ल्याउन एम्बुलेन्स पठाइसकेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् ।

भारतमा चेकगर्दा पोजिटिभ आएपनि अधिकारिक रुपमा फेरि पीसीआर चेक गर्नुपर्ने प्रहरी प्रवक्ता तथा डिएसपी गौतम मिश्राले बताएका छन् ।

यसका साथै बारामा तीनजना कोरोना पोजिटिभ र एकजना कोरोना भाइरसको शंकास्पद बिरामी भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बिहिबार, जेठ ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया