भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका छन् ।

स्वराज कौशलले लेखेका छन्, ‘म तपाईंसँग बहस गर्न सक्दिनँ मेरी छोरी, मनिषा कोइराला । मैले तपाईंलाई सधैं आफ्नै छोरी मानेको छु । जब तपाईंले हामीलाई १९४२– अ लभ स्टोरीको प्रिमियरमा आमन्त्रित गर्नुभएको थियो, तब म पूरा फिल्म हेर्नका लागि बस्न सकिनँ तर सुषमाले पूरा फिल्म हेरिन् । त्यतिबेला बाँसुरी तपाईंको काखमा बसेकी थिइन् । ’

‘यो २७ वर्ष अघिको मात्रै कुरा हो । सन् १९७७ र त्यसपछि तपाईं साउथ एक्समा बस्न थाल्नुभएको थियो । तपाईं साकेतको एपीजे स्कूलमा पढ्नुहुन्थ्यो । तपाईंका पिता प्रकाश कोइराला मेरा भाइजस्ता हुन् र आमा सुषमा कोइराला मेरी भाउजु र साथी हुन् । हामीसँग साथमा मुस्किल समय देखेका छौं,’ उनी थप्छन् ।

‘जुन दिन एम्समा तपाईंका हजुरबुवा बीपी कोइरालालाई क्यान्सर भएको थाहा भयो म उनीसँगै थिएँ । मलाई थाहा छ, बीपीले मलाई भन्नुभएको थियो, ‘यो क्यान्सरको एड्भान्स स्टेज हो र म बाँच्ने समय भनेको ६ महिना हो ।’ म त्यतिबेला दुःखी थिएँ तर मैले उनको अनुहारमा निराशाको कुनै भाव देखिनँ,’ उनले भने ।

‘म तपाईंको परिवारको गौरवशाली परम्परासँग परिचित छु । तपाईंका हजुरबुवा बीपी कोइराला र उनका दुबै भाइ अर्थात् सबै तीन दाजुभाइ नेपालका प्रधानमन्त्री बने । तपाईंकी फूपू शैलजा आचार्य पनि नेपालकी उप–प्रधानमन्त्री थिइन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!