गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्युप्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनलाई बचाउन अनाकौं प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुःखी भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

गुल्मीकाे एक विद्यालयका प्राधानाध्यापक समेत रहेका उनको मृत्युले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । ती शिक्षकमा गत जेठ ५ गते कोरोना संक्तमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!