नेपालमा गणतन्त्र स्थापना भएदेखि राजपरिवार माथि विभिन्न आरोपहरु लागेका छन् । राजपरिवारका सदस्यलाई लागेका आरोपहरु न त प्रमाणित भएका छन्, न त आरोप लगाउनेले झुटो नै भन्न सकेका छन् ।
यस्तै आरोपहरुको भारी थियो पूर्व युवराज पारस शाहको । तर उनले पोखरामा अहिले जनताको मन जित्ने काम गरिरहेका छन् । उनले दुखी र गरिब नागरिकको मनमा मलम लगाइदिएका छन्
पारसले लेकसाइडको पामे क्षेत्रमा बस्ने मजदुर र विपन्न नागरिकलाई राहत वितरण गरेका हुन् । यसअघि पामे र खपौंदी क्षेत्रका अति बिपन्न जलारी समुदायलाई पारसले राहत वितरण गरेका थिए । त्यतिबेला उनले ४५ घर परिवारलाई चामल, नुन, तेल, हात धुने साबुन लगायत वितरण गरेका थिए ।
मंगलबार पारसले फेरी ९५ परिवारलाई राहत वितरण गरेका छन् । लेकसाइडको खपौंदीमा एक कार्यक्रमका वीच स्थानीय ८४ बर्षिय बृद्ध रमा पहारीलाई राहत वितरण गरेर कार्यक्रमको शुरुवात गरेका थिए । राहत लिएपछि बृद्ध रमाले आफुलाई खुशी लागेको बताइन् । पूर्व युवराज पारसले मंगलबार राहत स्वरुप प्रत्येक घरपरिवारलाई साँढे १२ किलो चामल, नुन १ पोका, तेल १ पोका, चिनी १ किलो, दाल १ किलो, स्यानीटाइजर, मास्क लगायत वितरण गरेका थिए ।
पूर्व युवराज पारस राहत वितरण गर्न जाँदा उनलाई हेर्नेको घुँइचो लागेको थियो । बालबालिकादेखि बृद्ध सम्म उनीसँग बसेर फोटो खिच्न झुम्मिएका थिए । पारस सरकारले राहत दिएको भन्दै स्थानीय रामचन्द्र पहारीले खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!