राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै स्पष्ट पार्न निर्देशन दिएको छ।
आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा अन्योलता सिर्जना गरेकाले सबै विवरण (ठेगाना) खुलाउन निर्देशन दिएको हो ।

हाल मन्त्रालयले कोरोना संक्रमितको अस्पष्ट ठेगाना सार्वजनिक गर्दै आएको छ ।

आयोगले मंगलबार भनेको छ, ‘कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुंदाको स्थान फरक फरक हुन सक्दछ र एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ । तसर्थ यसरी प्रवाह भैरहेको सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा सृजना भएको अन्यौल हटाउन आवश्यक देखिन्छ ।’

आयोगले अगाडि भनेको छ, ‘कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुंदाका बखत बसोबास गरेको स्थान र स्थायी ठेगाना समेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई आयोगले २०७७ जेठ ६ मा आदेश दिएको छ ।’

आयोगले कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचनाहरु प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको यसवाट सम्वन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दुरगामी हुन सक्ने भन्दै त्यसो नगर्न सचेत गराएको छ।

यसैगरी आयोगले कोरोना भाइरसको महामारीका क्रममा नेपाल सरकारलाई सूचनाको हक सम्वन्धमा १६ बुँदे निर्देशन समेत जारी गरेको छ ।

जसमा तीनवटै तहका सरकारी निकायबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहतका लागि भए गरेका कामहरुका वारेमा नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै आयोगले उपलव्ध र वितरण भएका तथा खरिद गरिने उपकरण, स्वास्थ्य सामग्रीलगायतका विषयको जानकारी सार्वजनिक गर्न, राहत कोषमा जम्मा भएको रकम र चर्खको विवरण सार्वजनिक गर्नलगायतका पनि निर्देशन जारी भएको छ ।

हालसम्म नेपालमा ४०२ जनामा कोरोना संक्रमण हुनुका साथै २ जनाको मृत्यु समेत भएको भएपनि मन्त्रालयले संक्रमितको ठेगाना स्पष्ट नदिँदा अनावश्यक त्रास समेत फैलिएको कतिपयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!