मंगलबार, जेठ ०६, २०७७ || 610  पटक पढिएको

प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोनासम्बन्धी तथ्याङ्कमा गत आइतबारसम्म यो सङ्ख्या १२२ रहेको थियो । सोमबार नौ नयाँ सङ्क्रमित भेटिएपछि यसको सङ्ख्या १३१ पुगेको छ । लकडाउनलाई थप कडाइ बनाउन चिकित्सकले सुझाव दिएका छन् । यस प्रदेशमा पहिलोपटक गत चैत २९ गते वीरगञ्जमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।

यसैबीच प्रदेश २ सरकारले आठवटै जिल्लामा किसानलाई ब्याजमा अनुदान दिने भएको छ । कृषि तथा पशुपालन व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण जारी रहेको लकडाउनका कारण तिर्न नसकेपछि चैतदेखि असारसम्मको ब्याजमा अनुदान दिन लागेको हो ।

सो ऋणको ब्याजमा चैत, वैशाख ,जेठ र असार गरी चार महिनाको लाग्ने ब्याजमा अनुदान दिने निर्णय गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले जानकारी दिए । पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष रु ४५ करोड ५० लाख मूल्य बराबरको १३ हजार मेट्रिक टन गहुँ बढी उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी प्रतिहेक्टर तीन दशमलव एक मेट्रिक टन अर्थात ८० हजार १०० मेट्रिक टन गहुँ उत्पादन गरेको छन् । अहिले बजारमा प्रतिकेजी रु ३५ का दरले गहुँ बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!