प्रवेश बिष्ट
हिपमत डटकम
रतुवामाई , पौष ११ :कान्तिपूर टेलिभिजनमा प्रसारण हुदै आइरहेको चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पीयनमा मोरङका उदयमान चर्चित युवा हास्यकलाकार सुमन कार्की टप ९ सम्म पर्न सफल भएका छन । लामो समयदेखि हास्यव्यंग क्षेत्रमा लागेका कार्की चर्चित पत्रकार ऋषि धमलाको क्यारिकेचर गर्ने पहिलो कलाकार समेत हुन । पत्रकार धमलाको क्यारिकेचर गरे सँगै कार्कीले मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चाय मह जोडीसँग पूरा नेपाल भ्रमण गर्नै अवसर समेत प्राप्त गरेका थिए ।

रतुवामाईका ९ का सुमन कार्कीलाई कमेडी च्याम्पीयन बनाउन यतिबेला पूर्वका अधिकांश क्षेत्रमा सुमन कार्की जिताऊ अभियान सञ्चालन गरिएको छ । यस अघिका एपिसोडमा निकै उत्कृष्ट प्रदर्शन गरेर उनले दर्शक र जर्जहरुको मन जित्न सफल भएका थिए ।

सानै उमेरदखि हास्यकला क्षेत्रमा लागेका कार्की विभिन्न व्यक्तिहरुको क्यारिकेचर गर्न अब्बल देखिन्छन् । कार्की कलाकार मात्र नभएर एउटा सफल सञ्चारकर्मि समेत हुन । रेडियो सुनाखरीबाट पत्रकारिता सुरुवात गरेका कार्की हाल रेडियो अडियोका कार्यक्रम प्रस्तोता हुन् । कमेडियन कार्कीले गाईजात्रा पनि काम गर्ने मौका पाइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!