सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ घर भई बिराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका संञ्चालक ३३ बर्षीय देवी प्रसाद दुलालको हत्या भएको पुष्टी भएको छ ।

जेष्ठ ४ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएको भनी उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाँदे गर्दा बाटोमा नै मृत्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा दुलालको हत्या भएको आशंकामा अनुसन्धान शुरु गरेको थियो ।

निजको मृत्यु भएको सम्बन्धमा १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गर्दा दुलालको श्रीमतीको योजनामा हत्या भएको खुल्न आएको हो ।

दुलालको हत्यामा संग्लग्न रहेका निजकै श्रीमती मिना श्रेष्ठ दुलाल, विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह र इटहरी उप-महानगरपालिका वडा नं १२ बस्ने २० बर्षीय सोनु साहलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!