आइतबार, जेठ ०४, २०७७ || 813  पटक पढिएको

विराटनगर महानगरपालिकाको सफाई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज आइतबार संक्रमण देखिएको दुई जना मध्ये ३६ वर्षिय पुरुष महानगरको कर्मचारी भएको वडा नं १५ का वडाध्यक्ष असलम आलमले पुष्टि गरेका हुन् । उनले संक्रमित व्यक्तिलाई एम्बुलेन्समा राखेर कोशी कोरोना उपचार केन्द्र पठाइएको बताए । उनले भने ‘उनी बाहिर कतै गएको थाहा छैन, कसरी सर्यो भन्ने अचम्म लाग्दैछ ।’
आलमले संक्रमितसँग कुराकानी गरी थप कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने कार्य हुने बताए ।
यसै गरी विराटनगर ६ मा देखिएकि अर्कि संक्रमित महिला भारतबाट केही दिन अघि नेपाल आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!