आइतबार, जेठ ०४, २०७७ || 768  पटक पढिएको

पाकिस्तानमा इद मनाउनका लागि भन्दै सरकारले छ दिने इद विदा घोषणा गरेको छ ।

सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारीलाई समेत ध्यान दिएर विदाको निर्णय गरिएको पाकिस्तानको गृह मन्त्रालयले शनिबार जनाएको छ ।

सार्वजनिक इद विदाको समयमा अत्यावश्यक सेवा बाहेक सवै व्यापार व्यवसाय, सार्वजनिक स्थल, सामुदायीक बजार, पसलहरु र अन्य खुद्रा पसलहरु पनि बन्द हुने भएका छन् ।

पाकिस्तानमा आइतबार विहानसम्म ४० हजार १५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ८७३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३५२ जना सङ्क्रमित भएका छन् भने अरु ३९ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमितमध्ये २७ हजार ९३७ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले अरु ११ हजार ३४१ जना निको भएर घर फर्किसकेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!