
इजरायलमा चिनियाँ राजदूत डु वेइको निधन भएको छ । राजधानी तेल अभीभस्थित आफ्नै निवासमा राजदूत वेइ मृत फेला परेका हुन् । इजरायली मिडियाका अनुसार ५८ वर्षीय डुलाई उननै शयन कक्षमा मृत पाइएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । गत फेब्रुअरीमा उनी इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । यसअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए । उनी विवाहित थिए । उनकी पत्नी र छोरा भने इजरायलमा थिएनन् । बीबीसी
