आइतबार, जेठ ०४, २०७७ || 721  पटक पढिएको

सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । ३२ वर्षका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए । स्रोतका अनुसार मनमीतले पहिले देखि नै आर्थिक समस्या झेलिरहेका थिए । यस्तोमा लकडाउनको क्रममा उनको समस्या झनै बढ्यो । उनी आफ्नो भाडा तिर्नसमेत असमर्थ भएका थिए । एबीपी न्यूजसँग उनका नजिकका साथी मनजीत सिंह राजपुतले लकडाउनले मनमीतको जीवनमा निकै समस्या ल्याएको बताए । मनजीतले भने, ‘मनमीत पछिल्लो थुप्रै समस्यादेखि आर्थिक समस्यासँग जुधिरहेका थिए । उनले व्यक्तिगत र व्यावसायिक कामका लागि लाखौं रुपैयाँ उधारो लिइसकेका थिए ।

लकडाउनका कारण काम बन्द हुँदा न त उनको कुनै कमाई भइरहेको थियो न नै मानिसहरुबाट लिएको उधारो तिर्न सकिरहेका थिए । यसैका कारण उनले यस्तो अफसोसजनक कदम उठाएका हुन् ।’ मनमीतका साथीले कोरोनाका कारण मनमीतको शवलाई मानिसहरुले छुनसमेत डराएको पनि जानकारी दिए । उनले भने, ‘श्रीमतीले जब श्रीमानको शवलाई झुण्डिरहेको देखिन् तब उनले मानिसहरुसँग मद्दत मागिन्, तर मानिसहरु कोरोनाभाइरसका कारण अगाडि आउन पनि डराइरहेका थिए । केही बेरपछि एक डाक्टर र पुलिस पनि त्यहाँ पुगे तर उनीहरुले पनि कुनै मद्दत गरेनन् । करिब एक घण्टापछि भवनका गार्डले मनमीतको घाँटीमा बाँधिएको सल काटे र त्यसपछि मात्रै उनलाई अस्पताल पुर्याइयो । अस्पताल पुग्ने बित्तिकै उनलाई मृत घोषित गरियो ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!