अमेरिकाको नेशनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफील्डले जुन एक तारिखसम्म अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख पार हुन सक्ने बताएका छन् । सीडीएसले १२ वटा छुट्टाछुट्टै भविष्यवाणी मोडल अध्ययन गरेर कोरोना भाइरसबाट हुने मृतकको संख्याको अनुमान लगाएका हुन् । यस विषयमा जे पनि हुन सक्ने अध्ययनमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाबाट मृत्यु हुनेको संख्यामा कम हुँदै जाने बताउँदै आएका छन् । अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा मृत्यु हुनेहरुको संख्या ८७ हजार ४९३ पुगिसकेको छ । सीडीएसले अमेरिकी नागरिकहरुले संक्रमणबाट बच्नको लागि अपनाएका नियम र सरकारले कोरोना रोकथामको लागि चालेका कदमलाई आधार मानेर मृत्यु हुनेको संख्या अनुमान लगाएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!