शुक्रबार, जेठ ०२, २०७७ || 1089  पटक पढिएको

नेपाली लोक संगीतमा २ दसक पार गरिसकेका गायक संगीतकार अभय ढुंगेल यतिबेला अमेरिका बसाईंमा छन्। बिशेषगरि टिपिकल पुर्बेलीभाकाहरुलाई टिपिक्क टिपेर सदाबहार गित बनाउन सक्षम अभयले केहि बर्षको अन्तरालमा अर्को दमदार टिपिकल भाका लिएर आएका हुन् ।

‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’ ,’आकाशैमा’ जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलले पुर्वेली जुहारी ‘नाचौँ छमछम’मार्फत गाउँघर सम्झेका हुन् । ओखलढुंगेली श्रस्टा अभय ढुंगेलको सृजनामा तयार भएको यस गीतमा ढुंगेलको साथमा राजशुक्र लिम्बु, रुस्मा राई र फुङमा तुम्रोक लिम्बुले स्वर दिएका छन् ।

मनोरञ्जन नेपालको यूटुव च्यानलबाट विश्व बजारमा पठाईएको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको मौलिक नृत्य हेर्न पाईन्छ । भिडियो निर्देशन शिशिर श्रेष्ठ गरेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!