
नायिका नीता ढुंगानाले चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गरेकी छिन् । नीताले तीस हजार रुपैयाँ प्राविधिक सहयोग गरेकी हुन् ।चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले नीताले गरेको उक्त सहयोगलाई फेसबुक मार्फत जानकारी गराएका छन् । ‘कोरोना भाइरस महामारीले सिर्जना गरेको संकटसँग अहिले सिंगो विश्व लडिरहेको छ । यस सन्दर्भमा नेपाली चलचित्र प्राविधिकहरु विपतबाट निकै आहत छन् । यो कठिन परिस्थितीमा हामीलाई लोकप्रिय नायिका नीता ढुंगाना मार्फत ३० हजार रुपैयाँ प्राप्त भएको छ । प्राप्त रकमले विपन्न प्राविधिकहरुलाई मद्दत मिल्ने हाम्रो विश्वास छ । यो सहयोगी हातप्रति नेपाल चलचित्र प्राविधिक संघ कलाकार ढुंगानाप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं’, अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुकमा लेखेका छन् ।

त्यस्तै कोभिड १९ महामारीविरुद्ध नेपाल सरकारले आह्वान गरेको लकडाउन लम्बिँदै जाँदा यसको असर दैनिक जीवन गुजारा गर्ने चलचित्र प्राविधिकहरुलाई पनि परेको छ । यस क्रममा नेपाल चलचित्र कलाकार संघको नर्थ अमेरिका च्याप्टरमार्फत यस नेपाल चलचित्र प्राविधिक संघलाई ९० हजार आर्थिक सहयोग प्राप्त भएको छ । च्याप्टर अध्यक्ष श्री नवराज श्रेष्ठ, बरिष्ठ अभिनेता तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लज्यू, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, गायक शंकरलाल श्रेष्ठ र संचारकर्मी सूर्य चन्दको हातबाट उक्त सहयोग प्राप्त भएको छ। यसका लागि नर्थ अमेरिक च्याप्टर तथा नेपाल चलचित्र कलाकार संघलाई हामी नेफ्टाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं । हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ६ जना अग्रणी फिल्म निर्देशकहरुको समूहले अप्ठ्यारोमा परेका प्राविधिकलाई ४३ हजार ७ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
कोरोना भाइरसविरुद्ध यतिबेला सिंगो देश लडिरहेको छ । भाइरस रोकथामका लागि गरिएको लकडाउनको प्रभाव चलचित्र क्षेत्रमा परेको छ । प्राविधिकहरु मारमा परेका छन् । यस विषम परिस्थितीमा चलचित्र क्षेत्रका आदरणीय महानुभावहरुले प्राविधिकलाई सहयोगी हात अघि बढाउनु भएको छ जसप्रति नेपाल चलचित्र प्राविधिक संघ आभार व्यक्त गर्दछ । हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ६ जना अग्रणी फिल्म निर्देशकहरुको समूहले अप्ठ्यारोमा परेका प्राविधिकलाई ४३ हजार ७ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीमार्फत संस्थालाई रकम प्राप्त भएको छ । यो सहयोगी मनका लागि हामी नारायण पुरी, दिनेश कार्की, गोपालचन्द्र लामिछाने, अक्की शर्मा, किशोर सुब्बा र सुमन दाहाललाई हार्दिक धन्यवाद दिन चाहन्छौं । यो सहयोगका लागि हामी निर्देशक समाजप्रति पनि आभार व्यक्त गर्दछौं । यो विषम परिस्थितीमा नेपाली चलचित्र प्राविधिकको पक्षमा उभिनुहुने सबै मनहरुप्रति हामी पुनः कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । यस सहयोगले विपतसँग लड्न प्राविधिकहरुको क्षमतामा मद्दत मिल्ने विश्वास नेफ्टाको छ । घरमै बसौं र कोभिड १९ बाट सुरक्षित रहौं ।