हिपमत डटकम
बिराटनगर,पौष १० गते।लोकप्रिय गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम बिच डिभोर्सको खबर बाहिरिएपछी यतिबेला मिडिया ताते संगै विभिन्न खाले प्रतिक्रियाहरु रामकृष्ण र निलमले पाईरहेका छन् । धेरैले निलमलाई नकारात्मक प्रतिक्रिया दिएका छन भने रामकृष्णलाई आफ्नै गीतले यतिबेला साथ दिरहेको छ ।
यता रामकृष्णले डिभोर्सका समाचारहरु भाईरल भैरहदा फेसबुक मा एक पोस्ट सार्बजनिक गर्दै आफुहरुले डिभोर्स नगरेको संकेत गरेका छन् । उनले हिजो डिभोर्सको खबर बाहिरिएको केही बेरमै पनि एक स्टाटसमा लेख्दै “अरूले जे भन्छन् हाम्रो बन्धन कहिल्यै मर्दैन” भन्दै लभ रियाक्ट सहित निलम र आफ्नो फोटो पोस्ट गरेका थिए । हिजोको पोस्टलाई फेरि निरन्तरता दिदै रामकृष्णले फेरि श्रीमान श्रीमतिको फोटो राख्दै एक लामो स्टाटस पोस्ट गरेका छन् । जुन यस्तो छ ।
“मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।
पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।
विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस!
उनले आफुलाई सहानुभूति दिनेप्रती धन्यवाद दिएका छन भने श्रीमतीलाई आलोचना गर्ने प्रती चित्त दुखाएका छन् । उनको आधिकारिक फेसबुक पेजमा पोस्ट भएको यो कुरा सरसर्ती हेर्दा यी २ बिचको डिभोर्स नभएको कुरा बुझ्न सकिन्छ । उनले ‘मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन’ भन्दै नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेका छन् । यता अदालतको दैनिक पेशी सुचीमा रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको देखिन्छ । सुचीअनुसार निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दाको दर्ता नम्बर ०७६-CP-३१८८ छ । अदालतले नै यो कुराको पुष्टि गरिसकेको छ । तर गायक ढकालले आफ्नो डिभोर्स नभएको बताएका छन् ।