कोभिड–१९ को महामारी फैलाउने नोबेल कोरोनाभाइरस एसियामा पाइने चमेरोबाट सुरु भएको हुन सक्ने हङकङ विश्वविद्यालयमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ । विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्ययनकर्ताहरुले चिनियाँ ‘हर्ससू’ प्रजातिका चमेरोको आन्द्राको कोषिकाहरुको समूह ल्याबमा तयार पारेका थिए । अनुसन्धानकर्ताहरुले सार्स–कोभ–टु (Sars-CoV-2) लाई उक्त कोषिकामा सजिलै कोरोनाभाइरस संक्रमित गराउन सफल भएका थिए । यस्ता प्रजातिका चमेरो चीन, भारत, नेपाल, भियतनामलगायतमा पाइन्छ । यसअघि, एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को भाइरस पनि चमेरोकै प्रजातिले बोक्ने गरेको पत्ता लागेको थियो । उक्त भाइरस नोबेल कोरोनाभाइरससँग मिल्दोजुल्दो छ । अनुसन्धानको नेतृत्व गरेका डा. युएन क्वोक युङ भन्छन्, ‘सार्स–कोभ–टु को मूल ‘होस्ट’ चिनियाँ ‘हर्ससू’ चमेरो हुनसक्छ ।’ तर, यो यकिन गर्न थप अनुसन्धान आवश्यक रहेको युएन बताउँछन् ।

यो अनुसन्धान अन्तर्राष्ट्रिय जर्नल ‘नेचर मेडिसिन’मा बुधबार प्रकाशित भएको हो ।

यतिबेला नोबेल कोरोनाभाइरसको उद्गम कहाँबाट भयो भनेर चीन र अमेरिकाबीच कुटनीतिक तनाव जारी रहेको छ । वासिङट्नले चीनको ल्याबमा यो भाइरस तयार गरिएको आरोप लगाएको छ भने चीनले गत अक्टोबरमा ऊहानमा आयोजित मिलिटरी वर्ल्ड गेममा भाग लिन आएका अमेरिकी सेनाबाट यो फैलिएको आरोप लगाएको छ ।

विस्तृतमा : साउथ चाइना मोर्निङ पोष्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!