भारतको मध्य प्रदेश, उत्तर प्रदेश र बिहारमा भएका तीन छुट्टाछुट्टै दुर्घटनामा १६ जना मजदुरको मृत्यु भएको छ । मध्य प्रदेशको गुनामा बस र कन्टेनर ट्रकबीच भएको ठक्करमा ८ मजदुरको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् । यो दुर्घटना बाइपास मार्गमा राति २ बजे भएको थियो । सबै मजदुर उत्तरप्रदेशको उन्नाव जिल्लाका बासिन्दा थिए । दुर्घटनामा मारिएका मजदुर महाराष्ट्रबाट फर्किरहेका थिए । उनीहरु कन्टेनरमा सवार थिए । उता, उत्तर प्रदेशको मुज्जफ्फरनगर जिल्लामा बुधबार राति एक बसले ६ जना मजदुरलाई किचेको छ । राति ११ः४५ बजे पैदल घर फर्किरहेका मजदुरलाई बसले किचेको थियो । दुर्घटनामा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनामा चार जना घाइते रहेका छन् । उनीहरु पञ्जाबबाट बिहार फर्किरहेका थिए । घटनापछि ड्राइभर फरार रहेका छन् । बिहारमा मजदुर सवार बस ट्रकसँग ठोक्किन पुगेको थियो । दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते हरेका छन् । बस मुज्जफ्फरपुरबाट कटिहार गइरहेको थियो । बसमा ३२ मजदुर सवार थिए ।

स्रोतः दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!