विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोनाभाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् । उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए । माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्ने बताएका छन् ।

कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौं कोसिस भइरहेका छन् । मोटामोटी रुपमा कोभिड–१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोसिस भइरहेको छ । तर संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएका छन् ।यद्यपि, संसारका विभिन्न देशले लकडाउन खुकुलो पार्न थालिसकेका छन् । यसमाथि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनोम गिब्रयेससले यसका कारण संक्रमणको गती बढ्नसक्ने सम्भावना व्यक्त गरेका छन् । गिब्रेयासले भने, ‘थुप्रै देश हालको लकडाउनको स्थितीबाट बाहिर निस्कनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य संगठनले संसारभरीका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशलाई अहिले पनि सबैभन्दा उच्चतम स्तरमा अलर्ट रहन आवश्यक छ ।’ लकडाउन खुकुलो पारिएको बारे रयाले आफ्नो पत्रकार सम्मेलनमा भने, ‘जुन देशले आफूलाई खुकुलो पारिरहेको छ त्यहाँ ‘जादुमय सोच’ ले काम गरिरहेको छ । रयानले जनजीवन सामान्य हुन निकै धेरै समय लाग्ने उनले बताए । उनले भने, ‘हामीले वास्तविकताका साथ सोच्नुपर्ने हुन्छ, यो महत्वपूर्ण पनि छ । मेरो विचारमा कसैले पनि यो भाइरस कहिलेसम्म रहन्छ भन्ने बारे बताउन सक्दैन । यसका लागि कुनै वचन दिन सकिँदैन न नै कुनै मिति तोक्न सकिन्छ ।’ माइकल रयानले यो भाइरसको निदान खोज्नु एउटा लामो प्रक्रिया भएको र यो कहिले पनि पूरा नहुन पनि सक्ने बताएका छन् । रयानका अनुसार यदि कोभिड–१९ को भ्याक्सिन तयार भइहाले पनि त्यो सुरुमा परीक्षण गरिनुपर्छ र कोरोनाभाइरसको नियन्त्रणका लागि निकै ठूलो प्रयासको आवश्यकता पर्छ । यस्तै विश्व स्वास्थ्य संगठनको महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि भनिन्, ‘हामीले यो माइन्डसेट बनाउनुपर्छ कि यो महामारीबाट बाहिर निस्कनका लागि समय लाग्नेछ ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!