ललितपुरस्थित आरोग्य प्रतिष्ठानलाई प्रहरीले सिल गरेको छ । आरोग्य प्रतिष्ठानमा कार्यरत भक्तपुर बस्दै एक २५ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टी भएपछि प्रहरीले निदान अस्पतलासँगै रहेको प्रतिष्ठानलाई सिल गरेको हो । लकडाउनअगाडि सुनसरीस्थित घर पुगेकी ती महिला केही दिनअघि मात्रै काममा फर्केकी थिइन् । तर उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो । टेस्टमा उनी पोजेटिभ देखिएपछि उनलाई लिन र पुराउन जाने आरोग्य प्रतिष्ठानका एम्बुलेन्स चालकलाई पनि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो । एम्बुलेन्स चालकको सम्पर्क प्रतिष्ठानकै अन्य कर्मचारीसँग पनि भएको कारण प्रतिष्ठानलाई पूरै सिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!