खबर ठुलो छ

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी सिनेटमा चीनमा प्रतिबन्ध लगाउने प्रस्ताव राखिएको छ । रिपब्लिकन पार्टीका सांसदले मंगलबार यस्तो कानून ल्याउने प्रस्ताव राखे जसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनमा प्रतिबन्ध लगाउने शक्ति दिनेछ । चीनले कोरोनाभाइरस संक्रमणबारे पूरा जानकारी दिँदैन भने उसमाथि यस्तो प्रतिबन्ध लगाउन आवश्यक भएको सांसदहरुले बताए । सांसद जिम इनहोफले आफ्नो बयानमा भने, ‘चीनको कम्युनिष्ट सरकारलाई यो विश्वव्यापी महामारीका लागि जिम्मेवार ठहर गर्नैपर्छ किनभने यसमा उसको भूमिका सुनिश्चित भइसकेको छ । चीनले संक्रमणको सुरुवातबारे पूर्ण रुपमा धोका दिएको छ र यो धोकाका कारण संसारकै अमूल्य समय र जिन्दगी बर्बाद भएको छ ।’

प्रस्तावित कानूनको नाम ‘कोभिड–१९ अकाउन्टिबिलिटी बिल’ हो ।

प्रस्तावित कानून अनुसार राष्ट्रपति ट्रम्पले ६० दिनभित्र संसदलाई चीनले संक्रमणबारे पूरा जानकारी दिएको र यस सम्बन्धमा संयुक्त राष्ट्र र उससँग जोडिएको संगठन (जस्तै डब्ल्यूएचओ)ले आफ्नो अनुसन्धान सुरु गर्न सक्छ भनेर जानकारी दिनुपर्नेछ । कानूनका अनुसार ट्रम्पले चीनले आफ्नो सबैभन्दा खतरापूर्ण ‘वेट मार्केट’ बन्द गरिदिएको र कोभिड–१९ संक्रमणका बीच पक्राउ गरिएका हङ्गकङका लोकतन्त्र प्रदर्शनकारीहरुलाई रिहा गरिसकेको छ भन्ने बारे पनि जानकारी दिनुपर्नेछ । यदि माथि उल्लेखित कुराहरु प्रमाणित नभए डोनल्ड ट्रम्पसँग चीनमाथि विभिन्न प्रकारको गम्भीर प्रतिबन्ध लगाउने अधिकार रहनेछ । जस्तै कि सम्पत्ति फ्रिज गर्नु, यात्रामाथि प्रतिबन्ध लगाउनु र भिसा रद्द गर्नु, चिनियाँ कम्पनीलाई अमेरिकी बैंक र बजारसम्म पुग्न रोक लगाउने अधिकार पनि यसमा समावेश हुनेछ । ‘कोभिड–१९ अकाउन्टिबिलिटी बिल’ का एक अन्य समर्थक सांसद लिन्जी ग्राहमले भने, ‘ऊहानको प्रयोगशालामा अनुसन्धान गर्नका लागि चीनले अन्तर्राष्ट्रिय समुदायको प्रस्ताव अस्विकार गरेको छ । उनीहरुले संक्रमणको सुरुवातबारे पनि बुझाउनका लागि अनुसन्धानकर्तालाई ऊहान ल्याबमा पहुँच दिएका छैनन् । मलाई पूर्ण विश्वास छ कि चीनलाई बाध्य नपारेसम्म उसले एक गम्भीर अनुसन्धानमा कहिले पनि सहयोग गर्नेछैन ।’

स्रोतः बीबीसी

बुधबार, बैशाख ३१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया