हिपमत डटकम
काठमाडौं, पौष १०  गते 

गायक रामकृष्ण ढकालले आफ्नोबारे गलत हल्ला फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रीमती निलमसँग ‘डि भोर्स’ नभएको उनले बताएका छन् । जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ‘रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भयो’ भनेर जानकारी दिएपछि हामीले गायक ढकालसँग टेलिफोनमा संक्षिप्त कुराकानी गरेका छौं : निलमजीसँग तपाईंको डिभोर्स भएको भन्ने कुरा सत्य हो ? यो सब झुठो हो, कसरी यस्तो हल्ला फैलियो मलाई थाहा छैन ।

रामकृष्ण ढकाल भन्छन्, 'मेरो डिभोर्स भएको छैन'

See more :https://shilapatra.com/detail/17262

Posted by Shilapatra on Wednesday, December 25, 2019

जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदारले त यस्तै जानकारी दिनुभएको छ नि ? म बुझ्दैछु । म नै अलमलमा परेको छु । डिभोर्स भएको भन्ने कुरा सरासर गलत हो । के रहेछ म बुझेपछि खबर गर्छु नि । त्यस्तो केही सम्भावना थियो र ? त्यस्तो सम्भावनाको कुरा केही छैन । मलाई धेरै जनाले फोन गरेर यसबारे जिज्ञासा राखिरहनुभएको छ । जसले मेरोबारे यस्तो हल्ला चलायो, त्यसविरुद्ध म कानुनी उपचारमा जान्छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!